सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले दियो पपुवा न्युगिनीलाई जितका लागि २३४ रनको लक्ष्य

२०७८ भदौ २५, ०९:१८ रासस

काठमाडौँ: दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानमा जारी एकदिवसीय सिरिजअन्तर्गत आज डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो।

सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकासे। पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिए। सो क्रममा उनले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हाने। यस्तै केसीले २६ बलमा ४२ रन बनाए। यसमा उनको चार छक्का र दुई चौका सामेल थियो। 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए। बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नरमन भानुआले दुई÷दुई तथा चाल्र्स अमिनीले एक विकेट लिए। यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो। अहिले पपुवा न्युगिनीले जवाफी ब्याटिङ गरिरहेको छ। 
 

कमेन्ट लोड गर्नुस