सुदूर नेपाललाई विश्वसँग जोड्दै

विजय थापाको हत्यामा संलग्न सेठी सार्वजनिक

२०७५ मंसिर १७, ०२:५२ जनक विष्ट

प्रहरीले विजय थापाको हत्यामा संलग्न रहेको भन्दै अाशिस सेठीलाई आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले आज सेठीलाई सार्वजनिक गरेको हो । मृतक थापा र सेठी एक आपसमा मिल्ने साथी भएको र भारतबाट लागु औषध हिरोईन खरिद गरि संगै सेवन गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

मृतक थापासंग रहेको थप हिरोईन सेवन गर्नको लागि घटना भएको घरको माथिल्लो तलाको सिडीमा बसेको र त्यही ठाउँमा सेठी र मृतक थापा बिच हातपात भएपछि थापा सिडीमा टाउकाे लागेर चोट लागेको र घाईतेलाई लुकाउन लैजाने क्रममा सेठीलाई पक्राउ गरेको प्रहरीले बताएको छ । गत कार्तिक ३० गते राति विजय थापाको हत्या भएको थियो । 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस