सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा नयाँ प्रधानसेनापतिको पदभार ग्रहण, दार्चुलामा पहिलो विस्फोट

२०७८ भदौ २४, १२:५४ खबर संवाददाता

धनगढीः काठमाडौंमा नयाँ प्रधानसेनापति प्रभुराम शर्माको पदभार ग्रहणलगत्तै दार्चुलामा सेनाले ब्लाष्टिङ गरेर विशाल चट्टान फोर्ने भएको छ। दार्चुलाको खलंगा–टिंकर सडक खन्ने काम आजदेखि नेपाली सेनाले प्रारम्भ गर्ने क्रममा उक्त बिस्फोट गर्न लागिएको हो।

गत महिना भारतीय एसएसबीले तुइन घटनामा जयसिंह धामी बेपत्ता बनाएको मालघाटबाट उक्त सडक खण्ड प्रारम्भ हुने जनाइएको छ। लेफ्टिनेन्ट कर्णेल हरि बोहोराले उद्घाटन गर्ने उक्त सडक निर्माण कार्यको लागि अहिले पूजा भइरहेको छ।

यता जंगी अड्डामा प्रधानसेनापति शर्माले औपचारिक रुपमा पदभार ग्रहण गरेपछि उता दार्चुलामा ठूलो ढुंगालाई बिस्फोट गराएर सडक खन्ने कार्यको औपचारिक शुभारम्भ गर्न लागिएको हो।

कमेन्ट लोड गर्नुस