सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रगत अभावको समस्या बल्झियो

२०७५ मंसिर १७, ११:०६ रोशन भट्ट

धनगढीमा रगतको अभाव भएपछि विरामी मर्कामा पर्न थालेका छन्। बढ्दो दुर्घटनाका साथै रगतको आवश्यकता पर्ने विरामीको संख्या वढेपछि रगत पाउन मुस्किल हुन थालेको हो। रक्तादन गर्नेहरुको संख्यामा आएको कमि र रगत भण्डार क्षमता बढि नहुँदा रगत चाहिने विरामीहरु मर्कामा परेका हुन्। रगत नपाएकै कारण कतिपय विरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता समेत आईरहेको चिकित्सकहरु बताउँछन्।  दशैं तिहारपछि रगतको अभाव हुँदै आएको छ । यो अवधिमा रक्तदान कार्यक्रमहरु पनि नहुँदा रगतको अभाव भईरहेको   सामाजिक सञ्जाल मार्फत आवश्यक समुहको रगतका बिषयमा आव्हान गर्दै आएका दाह्ी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए। चडपर्वपछि रगतको अभाव सधैंका बर्ष हुँदै आएकोमा यो बर्ष रगत अभाव अझ विकराल बन्दै गएको हो। धनगढीमा रगत नपाउँदा विरामीहरुलाई उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता भईरहेको छ। रगत नपाउने गरेका कारण विरामीहरु नेपालगञ्ज, काठमाडौं तथा भारतका विभिन्न शहरमा उपचारका लागि जान थालेका छन् ।

धनगढी रक्त संचार केन्द्रमा ४ सयदेखि ५ सय युनिटसम्म रगत भण्डारण गर्ने क्षमता रहेको छ । बिशेष गरी पोजेटिभ भन्दा बढी नेगेटिभ समुहो रगतको अभाव बढी देखिएको छ । संकलन गरिएको रगत बढीमा ३५ दिनभित्र प्रयोगमा ल्याउनुपर्ने हुन्छ । शहरतिरका नागरिकमा रगत दान गर्नुपर्छ भन्ने मानसिकता भएपनि ग्रामीण भेगका नागरिकमा रगत दान ग¥यो भने कमजोर भईन्छ भन्ने मानसिकताले रगत आपुर्तिमा चुनौती बढेको धनगढी रक्त संचार केन्द्र प्रमुख धरणीधर पन्तले बताए। कतिपय अवस्थामा रगत अभावकै कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुने गरेको छ । तर तपाई हामीले गरेको रक्तदान कसैलाका लागि जीवनदान हुन सक्छ । त्यसैले स्वस्थ्य बन्नका लागि रक्तादन गर्न सवै नागरिक अग्रसर होऔं । आवश्यक रगत चाहिएमा त्यसको सुचना निशुल्क प्रसारण गर्नका लागि दिनेश एफएमका समाचार शाखाको टेलिफोन सम्पर्क ०९१– ४१०२१० मा सम्पर्क गरौं । दिनेश एफएम सामाजिक उत्तरदायित्व वहन गर्न तयार रहेको छ । 
 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस