सार्वजनिक धारामा दुई वर्षदेखि पानी आउँदैन
धारा सुचारु गर्न जनप्रतिनिधिले पहल नगरेको गुनासाे
धनगढी उप–महानगरपालिका वडा नम्बर ८ को नवदुर्गा टोलमा रहेको सार्वजनीक धारामा विगत दुई वर्षदेखी पानी आउन बन्द भएको छ। धनगढी गाँउमा पर्ने नवदुर्गा टोलमा विद्यालयका विद्यार्थी स्थानीय तथा उक्त बाटो भएर आवात–जावत गर्नेको सहजताको लागि भन्दै ६-७ वर्ष पहिले निर्माण गरिएको धारामा पानी आउन छोडेको हो। धारामा पानी आउन छोडेपछि हाते पप्पको दुषित पानी पिउनुपर्ने बाध्यता आईलागेको छ।
नवदुर्गा मन्दिर, धनगढी युवा क्लब, धनगढी माध्यमिक विद्यालय तथा सो बाटो भएर आवात–जावत गर्नेहरुको सहजताका लागि भन्दै स्थानीयको अगुवाईमा छ-सात वर्ष पहिले धारा सञ्चालन गरिएको थियो। धारामा विगत २ वर्षदेखी पानी आउन छोडेको हो। स्थानीयका अनुसार तत्कालीन समयमा खानेपानी संस्थानले सो सार्वजनीक धारामा पानी उपलब्ध गराएको थियो। धारामा पानी आउदा नवदुर्गा टोली हुदै आवात–जजावत गर्ने मानिस पानी पिउदै नजिकैको गोल घरमा आराम गर्दथे। तर पछिल्लो समय धारा नै बन्द भएपछि गाँउलेहरुले बटुवालाई दिएको सेवा बन्द भएको छ। स्थानीय लिला गिरीले सो क्षेत्रमा आवत जावत गर्नेहरुसं विद्यार्थी, शिक्षकहरुले सार्वजनिक धाराको पानी प्रयोग गर्दै आएका बताए। उनले पानी धारामा नआएको दुई बर्ष भएको बताए। धारामा पानी आउदा विद्यार्थीलाई सबै भन्दा सजिलो थियो, विद्यालयका शिक्षकहरु पनि यो धाराको पानी प्रयोग गर्दै आएका थिए, अचेल पानी आउनै बन्द भयो। उनले भने।
धारामा बटुवा मात्र होईन नवदुर्गा मन्दिरमा पुजाअर्चनाका लागि पुग्ने भक्तजन, धनगढी माविका शिक्षक विद्यार्थी तथा स्थानीले समेत पानी पिउदै आएका थिए। खानेपानी संस्थानले पानी नछोड्दा अहिले सार्वजनीक धारा देखाउने धारामा परिणत भएको छ। निर्वाचीत जजनप्रतिनिधिले समेत धारामा पानी सुचारु गर्न पहल नगरिदिएको स्थानीयको आरोप छ। नवदुर्गा टोल विकास समितिका अध्यक्ष राजेश गिरीले खाने पानी संस्थानले पानी धारामा छोडेमा मर्मत गर्न तयार रहेको बताए।
धारा नजिकै सावजनीक गोल घर समेत छ। दैनिक नवदुर्ग टोलका स्थानीय तही बसिरहेका हुन्छन। धारामा पानी आउदैन उनिहरुलाई पनि समस्या छ, उनले भने।
धाराको संरक्षणको जिम्मा भने स्थानीयले टोल विकास समितिलाई दिइएको बताएका छन्। हुन त टोलका बासिन्दाको घरमा खानेपानीको धारा छ तर त्यो धारामा पानी आएमा आवतजावत गर्नेहरुलाई लाभ मिल्ने थियो । अर्का स्थानीय मुनिन्द्र सिहले वडा अध्यक्षले पनी सुचारु गर्न पहल नगरेको बताए।
उनले भने, वडा अध्यक्ष पनि आउनु भएको हो, धारामा पानी नआएको बारेमा उहाँलाई पनि जानकारी छ। खै किन पहल गर्नु भएन। पानी धारामा नआएको धेरै भयो। हामी सबैलाई सार्वजनिक धारामा पनी नआउदा समस्या छ।
यता खानेपानी संस्थान भने धारामा पानी आउन छोडेको विषयमा अनभिज्ञ देखिएको छ। खनेपानी संस्थान धनगढीका सूचना अधिकारी पुष्पराज जोशीले नवदुर्गा टोलको सार्वजनिक धारा बन्द भएको बारेमा जानकारी नभएको बताए। उनले भने धारा बन्द भएको हो भने, टोल विकास समितिले धारा सुचारुका लागि निवेदन देवस, हामी प्राविधिक पठाएर नलमा पानी छ भने सुचारु गरीदिन्छौ।