अछामका २७ जनप्रतिनिधिले रोजे नेकपा (एस)
एकेन्द्र खत्री, अछाम: अछाममा २७ जनाले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) रोेजेका छन्। सनाखत गर्न तोकिएको अन्तिम दिन मंगलबारसम्म निर्वाचन कार्यालयमा पुगेर नेकपा (एमाले) परित्याग गरेर समाजवादीमा सनाखत गर्नेमा एक नगरप्रमुख, एक नगर उपप्रमुख, दुई वडा अध्यक्ष रहेका छन्।
यस्तै तीन कार्यपालिका सदस्य, ९ जना खुला वडा सदस्य, महिला र दलित महिला पाँच,पाँच जना रहेको निमित्त निर्वाचन अधिकारी गजेन्द्रप्रकाश थारुले जानकारी दिए।
माधवकुमार नेपालको नेतृत्वको समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधि अधिकांश वडा सदस्य छन ।