गण्डकीमा ३०४ जना सङ्क्रमणमुक्त
गण्डकी : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा प्रदेशमा १४८ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कोरोना सङ्क्रमणका कारण लमजुङको मध्यनेपाल नगरपालिका–१० का ३५ वर्षीय पुरुषको आज मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए।
निजमा गत भदौ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शर्माका अनुसार योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३१६ पुगेको छ। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार १५२ छ भने होम आइसोलेसनमा एक हजार ९८१ जना छन्।