पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल, तीन खेलाडीले गरे डेब्यू
काठमाडौंः पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालविरुद्ध पपुवा न्युगिनी (पीएनजी) ले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। पीएनजीले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा फिल्डिङ गर्ने भएको हो। यी दुई देशबीचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ।
नेपालले विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग खेल्नुअघि पीएनजीविरुद्ध खेल्न लागेको हो। नेपालबाट तीन खेलाडीले डेब्यू गरेका छन्। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल तथा तीव्र गतिका बलर विक्रम सोबले एकदिवसीय खेलमा डेब्यू गरेका छन्।