सुदूरपश्चिमा ४३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ७ जना निकाे
धनगढी: सुदूरपश्चिमा ४३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
प्रदेशभर ९ सय ४७ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोभिडको संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा ८१ जनाको नमुना परीक्षण गर्दा २० जना, महाकाली अस्पतालमा ६ जनाको नमुना परीक्षण गर्दा १ जना, डडेल्धुरा अस्पतालमा १३ जनाको नमुना परीक्षण गर्दा ४ जना र बैतडी अस्पतालमा २४ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
यस्तै एन्टिजेन बिधिबाट ८ सय २३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। आज प्रदेशभर ७ जनाले कोरोना जितेर घर फर्किएका छन्।