सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षा नअपनाएर काम गर्दै मजदुर

दुर्घटना भए को जिम्मेवार हुने ?

२०७५ मंसिर १६, ०२:४७ जनक विष्ट

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले केही दिन यता बजार क्षेत्रका विद्युत लाईन अपग्रेडको कामलाई अगाडी बढाएको छ। धनगढी उप–महानगरपालिका क्षेत्रमा विद्युत लाईन अपग्रेड गरिरहेका मजदुरहरुले सुरक्षा नअपनाएरै काम गरिरहेका छन्।

उनीहरु सिढीको सहायताले पोलमा चढेर तार विछाउने काम गरिरहेका छन् तर कुनै सुरक्षा अपनाईएको छैन्। पोलमै खुट्टाले अडेस दिएर काम गरिरहेका मजदुर यदि दुर्घटनामा परे को जिम्मेवार हुन्छ भन्ने प्रश्च पेचिलो बनेको छ।

विद्युत लाईन विस्तारको क्रममा सुरक्षा नअपनाएकै मजदुरहरुले ज्यान गुमाएका प्रशस्त उदाहरण हुदाहुदै सम्बन्धीत निकायको यसतर्फ ध्यान गएको छैन् भने स्वंयम मजदुरले तार विछ्याउदा आवश्यक सुरक्षा प्रबन्ध गर्न तीर ध्यान दिएका छैन्।

आफ्नै आँखा अगाडी विना सुरक्षा काम गरिरहेका मजदुर यदि दुर्घटनामा परे त्यसको जिम्मेवारी नेपाल विद्युत प्राधिकरण धनगढी शाखाले लिने की नलिने ? 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस