फुटबल हेर्न ओली दशरथ रंगशालामा
२०७८ भदौ २०, ०६:३३
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न पुगेका छन्। आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्।
नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुँदैछ। यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १/१ को बराबरी खेलेका थिए।
कमेन्ट लोड गर्नुस