३६ बर्षदेखि अल्झिएको पश्चिम सेतीको निर्माणको खाँका टुङग्याउनै अलमल
अध्ययन टोलीद्धारा पनि प्राविधिक टोली गठन गरेर अध्ययन हुँदैै
३६ बर्षदेखि अल्झिएको पश्चिम सेतीलाई कसरी अगाडी वढाउने भन्ने अन्यौलता सुल्झाउन वनाईएको अध्ययन टोलीले ५ सदस्यी प्राविधिक टोली गठन गरिएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले आयोजनावाट हात झिकेपछि निर्माणको खाँका तयार पार्न दुई मन्त्री सहितको तीन सदस्यीय टोली गठन गर्दै निर्माणको मोडालिटी माग गरिएकोमा सो टोलीले ५ सदस्यीय प्राविधिक टोली बनाएर अध्यन गरिरहेको लगानी बोर्डले जनाएको छ । सरकारले ३६ वर्षदेखि अलपत्र अवस्थामा परेको पश्चिम सेतीलाई कुन रुपमा निर्माण गर्ने भनेर अध्ययन गर्न वनाएको टोलीले प्राविधिक सल्लाह सहितको प्रतिवेदन सरकारलाई बुझाउनका लागि टोलीले काम गरिरहेको छ । अवको १५ दिनमा प्राविधिक टोलीले सरकारले गठन गरेको अध्ययन टोलीलाई प्रतिवेलन बुझाईनेछ । सो प्रतिवेदनमाथि अध्ययन टोलीले पनि थपघट गरेपछि सरकारलाई बुझाईएपछि त्यसका खाँकाले अन्तिम रुप पाउने छ ।
७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउनका लागि लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी थ्री गोर्जेजलाई खारेज गर्दै त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे थप अध्ययन गर्नका लागि समिति गठन गरेकोमा सो समितीले पनि प्राविधिक बिषयमा अध्ययन गर्न उप समिती गठन गरिएको हो । उर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, नेपाल विद्युत प्राधिकरणका उप निर्देशक जयदिश्वर सिंह जल तथा उर्जा विभागका डाक्टर महेश्वर श्रेष्ठ र लगानी बोर्डका सुनिल पौडेल सम्मिलित प्राविधिक समिती बनाएर त्यसको प्राविधिक अध्ययनको काम थालिएको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए ।
थ्री गोर्जेजले प्राविधिक, पुनर्वास तथा पुर्नस्थापना लगायतका विषयमा बखेडा झिक्दै पछाडी हटेपछि तीनै विषयमा केन्द्रित गरेर अध्ययन टोलीले प्राविधिक टोलीलाई कामको जिम्मेवारी दिएको छ । निर्माणको खाँका तयार पार्नका लागि अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सम्मिलित समिति अध्ययन टोलीले त्यसको विषयमा निष्कर्ष निकाल्न नसकेपछि प्राविधिक पक्षको अध्ययन गठन गरिएको प्राविधिक समितीका एक जना सदस्य सुनिल पौडेलले बताए । आयोजना कुन मोडलमा निर्माण गर्ने भन्ने पहिचान हुन सकेको छैन् । टोलीले प्राविधिक टोलीसँग त्यसका वारेमा राय सुझाव मागेपछि काम पनि सुरु भईसकेको र अवको १५ दिनभित्र प्रतिवेलदन वुझाउने तयारी समितीले गरिरहेको छ । प्राविधिक रुपमा के गर्ने र पुर्नस्थापनाको विषयमा कसरी अगाडी बढाउने भनेर समितिमा छलफल भएपछि स्वदेशी लगानीमै निर्माण सुरु गर्ने गरी अध्ययन टोलीले प्रतिवेदन बनाउने प्राविधिक टोलीका सदस्य पौडेलले जानकारी दिए ।
सरकारकै मन्त्री सम्मिलित अध्ययन टोली गठन भएका कारण निकास निस्किने आशा गरिएका वेल निर्माणको मोडालिटी नै टुङगिएको छैन् । पटक पटक कुनै न कुनै वहानामा रोकिदै आएको आयोजना अगाडी वढ्नेमा प्रभावित क्षेत्र र प्रदेशकै वासिन्दा आशावादी छैनन । तर प्राविधिक र अध्ययन टोलीको प्रतिवेदनपछि पश्चिम सेतीको निर्माणको खाका तय गरिने सरकारी अधिकारीहरुले जनाएका छन् ।