डडेल्धुराका किशोरको नुहाउने क्रममा डुबेर मृत्यु
२०७८ भदौ २०, ०४:१४
डडेल्धुरा: डडेल्धुराका एक किशोरको नुहाउने क्रममा डुबेर मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–३ का १४ वर्षीय कर्णबहादुर मडैको बाँकेमा डुबेर ज्यान गएको हो।
बाँकेको कोहलपुर नगरपालिका–४ मैटहवास्थित अंकल नाता पर्ने दिनेश कुमार जोशीको घरमा बस्ने उनको बेलनपुर सिक्टास्थित नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस