अछामका ८० वर्षीय वृद्ध बने कांग्रेसको वडा सभापति
अछाम: अछामको मंगलसेन नगरपालिका–११ को वडा सभापतिमा २२ वर्षीया जानकी रावल निर्वाचित भएकी छिन्। युवालाई वडा सभापतिमा युवालाई जिम्मेवारी लिइएको बेला सोही जिल्लामा एक ८० वर्षीय वृद्धलाई वडा सभापति बनाइएको छ।
जिल्लाको चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत चयन भएका हुन्। पार्टीले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेपनि स्थानिय युवाहरु भने विरोध गरिरहेका छन्।