७६ प्रतिसत दुर्घटना चालकको लापरवाहीले हुन्छः ट्राफिक प्रहरी
दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरवाही रहेको तथ्यङकले देखाएको छ। सुदूरपश्चिममा ७६ प्रतिसत दुर्घटना चालकको लापरवाहीले हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ। सडक प्रयोग गर्ने सबैको कमजोरीका कारण दुर्घटना हुने गरेको भएपनि सबै भन्दा बढी चालकको लापरवाहीले हुने गरेको सुदूरपश्चिम क्षेत्रिय ट्रफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक केदार रजौलेले बताए। दुर्घटना न्युनिकरणमा सरोकारवालाको भूमिका विषयमा सवारी चालक र सह–चालकलाई १ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सभामा बोल्दै प्रहरी उपरिक्षक रजौलेले यस्तो बताउनु भएको हो। नेपाल यातायात स्वातन्त्र मजदुर संघ र सुदूरपश्चिम बस व्यवसायी संघको संयुक्त आयाजनामा प्रशिक्षण कार्यक्रम भएको हो।