डोटीमा दलित परिवारलाई बाख्रा उपहार
धनगढीः डोटीमा दलित परिवारलाई बाख्रा उपहार दिईएको छ। जिल्लाको जोरायल गाउँपालिका २ छतिवन मेल खोलाका दलित तथा सिमान्तकृत समुदायका ६४ परिवारलाई बाख्रा उपहारस्वरुप वितरण गरिएको गरेको हो।
डेन चर्च एड (डिसिए) नेपालको आर्थिक सहयोगमा गिफ्ट परियोजना अन्तरगत बाख्रा वितरण गरिएको कार्यक्रमका संयोजक महेश परियारले जानकारी दिए। बाख्रा सहयोगपछि स्थानीयहरु खुसी भएका छन्। बाख्रा पालनबाट जीवनस्तर उकास्न सहयोग पुग्ने बताईएकोृ छ।