सुदूर नेपाललाई विश्वसँग जोड्दै

केपी ओलीलाई ज्वरो आयो

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ १९, १२:३८ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। पार्टी विभाजनपछि निरन्तर राजनीतिक कार्यक्रममा सहभागी भएका ओली बिरामी परेका हुन्।

ओलीलाई ज्वरो आएको र मौसमी फ्लूको लक्षण देखिएको सचिवालयले बतायो। ओलीको स्वास्थ्यमा समस्या देखिएसँगै शनिबार तय भएका भेटघाट तथा कार्यक्रमहरु रोकिएको छ। राजनीतिक दौडधुपका कारण ओली अस्वस्थ भएको हुनसक्ने भन्दै उनको नियमित भेटघाट रोकिएको सचिवालयले जनाएको छ। अध्यक्ष ओलीले आज एकाले काठमाडौं महानगरपालिको महानगरस्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम थियो।


 

कमेन्ट लोड गर्नुस