सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवपुरी सामुदायिक वन समूहलाई शिभपुरी धाम समितिको बधाई

२०७५ मंसिर १५, ०१:२८ कमल सावद

शिवपुरी उत्तर रामेश्वरम जोक्तिलिङ्घ धामले शिभपुरी सामुदायिक वन समूहका नव निर्वाचीत पदाधीकारीलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ। शिवपुरी धामका एक कार्यक्रको आयोजना गर्दै समितिले उनिहरुलाई आज बधाई दिएको हो। नव निर्वाचीत शिवपुरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बुद्धिबहादुर खड्काले शिवपुरी धाम र शिवपुरी सामुदायिक वन उपभोक्ता समूह धार्मीक पर्यटकीय क्षेत्र शिभपुरीको विकास र पर्वधनका लागि भएको बताए। उनले धनगढी उप–महानरगपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी सामुदायिक वन उपभोक्ता समूहले सुरुवातबाटै शिभपुरी सामुदायिक वनलाई धार्मीक वनका लागि प्रयास गरेको बताए।
सामुदायिक वनको अध्यक्षमा निवर्तमान अध्यक्ष छत्र बडेलालाई पराजित गर्दै खड्का विजयी भएका थिए। उपाध्यक्षमा कृष्ण पनेरु, सचिवमा लक्ष्मी भट्ट, कोषाध्यक्षमा तारासिंह कलेल विजयी भएका थिए। सह–सचिवमा केदारप्रशाद जोशी, यस्तै कमला चौधरी, किसन भण्डारी, दिपा भट्ट, द्रोपती भट्ट, बामदेव जोशी, भागरथी कुँवर, भिमबहादुर कुँवर, मनिष कुँवर, रमेश प्रशाद पाण्डेय र शेर वहादुर सिंह सदस्यमा विजयी भएका थिए। सामुदायिक वन उपभोक्ता समूहका ७ सय २७ साधारण सदस्य रहेका छन्। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस