धनगढीको क्याम्पस चौकमा कहिले बन्छ सडक ?
धनगढी उप–महानगरपालिकाको निकै व्यस्त क्याम्पस चौकमा नाली निर्माणका लागि सडक खनेपछि आवतजावतमा सास्ती भएको छ। क्याम्पस चौकबाट कैलाली वहुमुखी क्याम्पस तर्फ जाने सडक खनेको झण्डै एक साता भएपछि पनि मर्मत नहुँदा आवतजावतमा सास्ती भएको हो।
नाली निर्माणका लागि सडक खनेपनि मर्मतमा ढिलाई भएको छ। क्याम्पस चौकमा नाली निर्माण गर्ने भन्दै ठूलो खाल्डो बनाएपछि आवत जावत गर्दा साँझ विहानको समयमा झनै समस्या भएको छ