सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको भागेश्वर स्थानीय पाठ्यक्रम निर्माण गर्दै

२०७८ भदौ १७, ११:३३ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ। पाठ्यक्रममा भूगोल र वातावरण, कृषि प्रणाली र आर्थिक क्रियाकलाप, संस्कृति र सभ्यता, स्थानीय ऐतिहासिक, सांस्कृतिक धार्मिक र पर्यटकीय स्थललगायत विषयमा समेटिने पालिकाका शिक्षा शाखा प्रमुख लालबहादुर सेटीले बताए।  कक्षा १ देखि ५ सम्मका लागि पाठ्यक्रम निर्माण गरिने उनले बताए। 

गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउन रामबहादुर शाहीको संयोजकत्वमा कार्यदल र मस्यौदा समिति गठन गरेको छ। 

कमेन्ट लोड गर्नुस