पठनपाठनका लागि ऐन बनाउने प्रक्रियामा लाग्न सुझाव
गेटा मेडिकल कलेजकाे प्रारुप तय भएपछि पाठ्यक्रम र उपकरणनको काम अगाडी बढ्ने
कैलालीको गेटामा रहेको मेडिकल कलेजको पुर्वाधार निर्माणको कामले तिव्रता पाएका वेला पठनपाठनको लागि ऐन बनाउन पनि लाग्नुपर्ने देखिएको छ । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको कलेजको पूर्वाधार निर्माणले तीव्रता पाउँदा आगामी केही वर्षभित्रमै पठनपाठन सुचारु गर्नका लागि अहिलेदेखि नै ऐन निर्माणको काम सुरु गर्नुपर्ने देखिएको जानकारहरु बताउँछन् । सरकारले विसं २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा झन्झटिलो प्रक्रियाका कारण निर्माण कार्य भने दुई वर्ष अघिदेखि मात्रै शुरु भएकोमा अहिले पुर्वाधार निर्माणको कामले तिव्रता पाउँदा मेडिकल कलेजको प्रारुपलाई पनि जतिसक्दा चाँडो टुङगिएमा मात्रै आर्थिक बर्ष २०७७÷७८ देखि पठनपाठनको काम सुरु गर्न सकिने तर ऐन निर्माण नभएमा वा प्रारुपको टुङगो नलाग्दा भने तोकिएको समयमा चिकित्सा विज्ञानको पठनपाठन सुरु गर्न नसकिने देखिएको छ ।
कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजका निर्माणाधीन अस्पताल भवनको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । अस्पताल भवनका बाँकी तीन तला सहित अन्य सात वटा संरचना निर्माणका लागि बोलपत्र आह्वान भएर त्यसको मुल्याकंनको काम भईरहेको छ । पहिलो चरणमा कलेजको तीन तले अस्पताल भवन निर्माणको काम आगामी एक वर्षभित्र पूरा हुन लागेको छ । कलेजका लागि दुई तलाको र तीन तलाको गरी दुईवटा छुट्टा छुट्टै भवन निर्माणाधीन रहेकोमा ५५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ । यस्तै पाँच तलाका दुईवटा छात्रवास भवनको काम पनि करीब ४० प्रतिशत पूरा भइसकेको छ । आउने पुस महिनाभित्रमा यो भवनको काम पूरा हुने जनाईएको छ । चिकित्सकको आवास गृहका रुपमा आठ वटा भवन निर्माण गरिन लागिएको छ । अन्य कर्मचारीको आवासका लागि पनि तीन वटा छुट्टै भवन निर्माण गर्न लागिएको छ । मेडिकल कलेज परिसरको मूल बाटोलाई यसवर्ष ग्राभेल गर्न लागिएको छ । कलेज निर्माणस्थलको उत्तर तर्फ रहेको नदीको नियन्त्रणको कामका साथै नदी किनारमा नयाँ सडक निर्माणको काम पनि सँगसँगै गर्न लागिएको छ । चालु वर्षमा फोहर व्यवस्थापन र पानी व्यवस्थापनको कामका लागि बोलपत्र आह्वान गर्न लागिएको छ । गेटा मेडिकल कलेज छ सय श्ययाको निर्माण गर्ने लक्ष्य रहेकोले विकास निर्माणका कामले तिव्रता पाईरहेको कार्यकारी निर्देशक पुजाराले बताए ।
भौतिक संरचना निर्माणका लागि हालसम्म तीन अर्ब पाँच करोडको ठेक्का भइसकेकोमा चालु आर्थिक वर्षमा थप एक अर्ब बराबरका संरचना निर्माणका लागि ठेक्का दिईएको छ । संरचनानिर्माणले गति लिएका बेला अव मेडिकल कुन रुपमा सञ्चालन गर्ने वहस सुरु भएको छ । तर त्यसको टुङगो नलाग्दा संरचना भएर पनि पठनपाठन सुरु गर्न कठिन हुने भएको छ । सुरुमा ऐन बनाएर अनि त्यसको मोडालिटीको टुङगो लगाउन तत्काल पहल गर्नुपर्ने देखिएको छ । पहिलो चरणमा मेडिकल कलेका रुपमा सञ्चालन गर्ने कीप्रतिष्ठानको रुपमा सञ्चालन गर्ने वा अन्य विकल्प खोजेर कुन रुपमा कलेज सञ्चालनको निर्णय भएमा त्यसपछि मात्रै पाठ्यक्रम र आवश्यक उपकरण जडानको कामले गति लिने छ । मेडिकल कलेजको निर्माणले गति लिएका वेला सुदूरपश्चिम प्रदेशवासी कलेजमा पठनपाठन सञ्चालन हुने योजनाको प्रतिक्षामा रहेकोले उनीहरुले यसतर्फ पनि अहिलेदेखि नैलाग्न सुझाव दिएका छन् । गेटा मेडिकल कलेज सरोकार मञ्चका कोषाध्यक्ष कमलकान्त पन्तले अव सञ्चालनको मोडालिटी तय गरेर पाठ्यक्रम र उपकरण जडानका लागि लाग्नुपर्ने बताए ।
सुरुका वर्षमा विभिन्न बाधा अवरोध र झन्झटिलो प्रक्रियाका कारण योजना कार्यान्वयनमा आउनेमा शङ्का रहेकोमा अहिले भने काम धमाधम भइरहदा अव भने चिकित्सा विज्ञानको पठनपाठनको कामलाई पनि अगाडी बढाउनुपर्ने देखिएको हो । केही वर्षभित्रमै पठन पाठन सुचारु गर्नका लागि अहिलेदेखि नै ऐन निर्माणको काम सुरु गर्नुपर्ने देखिएको जानकारहरु बताउँछन् । त्यसका लागि पहल भईरहेको र निरन्तर लागिरहेको मेडिकल कलेजको स्वरुपलाई अन्तिम रुप दिए अनि अगाडी बबढ्न सकिने कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए ।