सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मोटरसाइकल र जीप ठोक्किँदा २ जना घाइते

२०७८ भदौ १६, ०४:४४ खबर संवाददाता

अछाम: अछाममा मोटरसाइकल र जीप ठोक्किँदा दुई जना घाइते भएका छन्। मध्यपहाडी लोक मार्गमा पर्ने ठुलासैन बजार नजिकै बुधवार बिहान जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन्।

अछाम प्रहरीका अनुसार मंगलसैनबाट कमलबजार जाँदै गरेको से १ ज ७८४ को जिप र विपरीत दिशाबाट आइरहेको भे ८ प २६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कमलबजार नगरपालिका वडा नम्बर ६ का २४ वर्षीय उमेश शाही दायाँ खुट्टामा चोट लागेको ,र सोही ठाउँका २७ वर्षका वीरेन्द्र शाहीको दुवै खुट्टामा चोट लागेको छ।

घाइते दुवै जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ। मोटरसाइकल र जीप र चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन्।

कमेन्ट लोड गर्नुस