सुदूर नेपाललाई विश्वसँग जोड्दै

ताराखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

। फोटो स्रोत ।
२०७५ मंसिर १३, ०२:४६

ताराखोला गाउँपालिकामा निर्माणाधीन ३ सय ८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनीयर दिलबहादुर थापाले बताए। उनका अनुसार मुहान, कुलो, सुरुङलगायत ‘सिभिल’ चरणको काम सकिएको छ। “विद्युत् गृहको काम भइरेको छ”, इञ्जिनीयर थापाले भन्नुभयो, “आउँदो चैतभित्रमा बिजुली बल्छ।” विद्युत्गृहमा चाहिने मुख्य उपकरणसमेत चीनबाट आइसकेको छ। पहिले सामुदायिक ढाँचाको आयोजना अहिले ताराखोला जलविद्युत् लिमिटेडमार्फत निर्माण भइरहेको हो। रु १८ करोडको लागतमा बन्ने आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको छ भने गाउँपालिकाका एक हजार ६९१ ले शेयर हालेका छन्। लागत थप बढ्न सक्ने अनुमान गरिएको छ। गाउँपालिकाका पाँच वटै वडाका २२ घरधुरीमा विद्युत् पु¥याउने आयोजनाको शुरुको लक्ष्य थियो। वडा नं १ को अमरभूमिमा केन्द्रीय बिजुली पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका छन् । प्रत्येक घरधुरीबाट न्यूनतम रु १५ हजारका दरले शेयर उठाइएको छ। 
रासस
 

कमेन्ट लोड गर्नुस