डडेल्धुरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
२०७८ भदौ ११, १२:३५
धनगढी : डडेल्धुराको गैबढे र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। थप वर्षा हुने पूर्वानुमान छ। रंगुन, पुन्तुरा तथा अरू स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नदी तटीय क्षेत्रमा रहनेहरूलाई आज रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कमेन्ट लोड गर्नुस