चालीस करोडको लगानीमा धनगढीमा इश्वरी ग्रुप
२०७५ मंसिर १२, ०७:२४
धनगढीमा इश्वरी ग्रुप अफ कम्पनी सञ्चालनमा आएको छ। धनगढी उप–महनगरपालिका वडा नम्वर ५ मा रहेको कम्पनीको बुधबार सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्धघाटन गरेकी हुन्।
४० करोडको लगानीमा व्यापारी विपिन आचार्यले ईश्वरी ब्राण्डका ईलेक्ट्रोनिक सामान उत्पादनका लागि कम्पनी सञ्चालनमा ल्याएको बताए। कम्पनीमा ईश्वरी ब्राण्डका टिभि, फ्रिज, पंखा, हिटर, रेडियो लगायत घरायसी इलेक्ट्रोनिक सामानहरु उतपादन र विक्री गरिने सञ्चालक आचार्यले बताए।
कमेन्ट लोड गर्नुस