सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा आँखा अस्पतालको सेवामाथि प्रश्न उठ्दै

फितलो व्यवस्थापनले सास्ती खेप्नु परेको गुनासो

२०७५ मंसिर १२, ०४:२० जनक विष्ट

३७ बर्षदेखि गुणस्तरीय सेवा प्रवाहले परिचित कैलालीको गेटा आँखा अस्पतालको सेवमाथि पछिल्लो समय प्रश्न उठ्दै गएको छ। आँखा सम्बन्धी रोगको उपचारमा नेपालमा मात्रै नभएर अन्तराष्ट्रिय स्तरमै राम्रो उचाई बनाएको गेटा आँखा अस्पतालको प्रभावकारीतामाथि पछिल्लो समय प्रश्न उठन थालेका हुन्। अस्पतालको चुस्त व्यवस्थापन हुँन नसक्दा सास्ती खेप्नुपरेको भन्दै सेवाग्राहीले गुनासो गर्न थालेका छन्। अस्पतालमा उपचारका लागि आउने भारतीय नागरिकमा समेत अस्पताल प्रतिको विश्वास कम हुदै गएको छ। अस्पतालका कर्मचारीहरुले पछिल्लो समय अनावश्यक दुःख दिने गरेको भारतीय नागरिकहरुले आरोप पनि लगाएका छन्। गुणस्तरीय उपचार सेवा पाईने हुँदा सुदूरपश्चिम सहित नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतका विभिन्न स्थानबाट समेत सेवाग्राही आउन थालेपछि गेटा आँखा अस्पतालको विगतमा छुट्टै पहिचान बनेपनि पछिल्लो समय सेवामाथि प्रश्न खडा हुन थालेको हो। पछिल्लो समय अस्पतालमा लापरवाही बढेको जनगुनासो बढ्न थालेको छ। बढ्दै गएको लापरवाहीका कारण आँखा अस्पताल माथिको विश्वास कम हुदै गएको छ भने उपचारका लागि आउने भारतीय नागरिकले त कर्मचारीले अनावश्यक दुःख दिने गरेको आरोप पनि लगाएका छन्। 

गेटा आँखा अस्पतालका अनुसार विगतमा ६० देखि ७० प्रतिशत भारतीय विरामी पुग्ने गरेकोमा पछिल्लो पटक उक्त तथ्याङ्क घट्दै जान गएको छ। क्षेत्रगत  आधारमा सेवाग्राहीको तथ्याङ्क नराखेपनि अहिले विगतको तुलनामा भारतबाट उपचारका लागि आउने विरामीको संख्या १० देखी २० प्रतिशतले घटेको अनुमान गरिएको छ।  शल्यक्रियाको लागि आउने विरामीको सङख्या पनि ठुलो सङख्यामा ओरालो लागेको छ। त्यसको प्रमुख कारणका रुपमा उनीहरुमाथि गरिने व्यवहार र फितलो आन्तरिक व्यवस्थापन हुन सक्ने धेरैको भनाई छ। यस्तै नेपाली सेवाग्राहीले समेत पछिल्लो समय अस्पतालको चुस्त व्यवस्थापन नभएका कारण गेटा आँखा अस्पतालको सेवा खस्किदो रहेको विशालनगरबाट उपचारका लागि पुगेका प्रविन चन्दले बताए।  

गेटा आँखा अस्पतालले भने उपचारका लागि आउने भारतीय नागरिकको संख्या कम हुनुलाई भारतका विभिन्न स्थानमा सुविधा सम्पन्न अस्पताल विस्तार हुनुलाई लिएको छ। तर भारतीय शहरमा विगतमा पनि आँखा अस्पताल हुँदा गेटा आँखा अस्पतालमा विरामीको विश्वास किन थियो भन्ने कुराको भने हेक्का राखिएको छैन्। गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले सेवामा फरक नपरेको बताए। 

आँखा अस्पतालले सीमा नजिकका बजारका अस्पतालहरुले सुविधा विस्तार गरेका कारण भारतीय नागरिक भएको बताए पनि ती अस्पतालहरुले विगतमा पनि उपचार सेवा दिदै आएका थिए। भारतीय नागरिकहरुका अनुसार उनीहरु नेपालमा कम खर्चमा राम्रो सेवा पाईने हुदा उपचारका लागि यहाँ आउने गरेका छन्। तर गुणस्तर खस्कीदै आएपछि अस्पताल प्रतिको विश्वास पनि घट्दै गएको छ। 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस