गौरिकालाई कोरोना संक्रमण
२०७८ भदौ ९, ०६:२७
काठमाडौं: सागकी स्वर्णधारी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ।
नेपालकी पौडीबाज गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएकी हुन्। कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएकी उनमा संक्रमण देखिएको हो। उनले आफू १० दिनको आइसोलेसनमा बसेको बताएकी छिन्।
गौरिकाले गत महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा नेपालबाट प्रतिस्पर्धा गरेकी थिइन्।
कमेन्ट लोड गर्नुस