यात्रुवाहक बस दुर्घटना
कैलालीको कुचैनी पुलमा बस दुर्घटना भएको छ। कालीकोटबाट महेन्द्रनगर तर्फ आउदै गरेको बस बिहान पुर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको कुचैनी पुलमा ठोकीएको हो। कालीकोटबाट आएको कार्केबिहार यातायातको ना ६ ख २८५४ नम्बरको बस पुलमा ठोकिएको ईलाका प्रहरी कार्यालय चौमालाका प्रमुख डिल्लीप्रसाद आचार्यले बताए। प्रहरीका अनुसार २ जनाको सुखडको घोडाघोरी अस्पतालमा उपचार भैरहेको छ। उनीहरुकाे सिटी स्क्यान गर्नुपर्ने भएकाले रेफर गरिएकाे छ ।