सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक स्थानीय तह एक पर्यटकीय क्षेत्र बनाए पर्यटन प्रवर्द्धन हुने

२०७५ मंसिर ११, १०:४३ सीताराम ओझा

सुदुरपश्चिमका स्थानीय तहहरुले एक स्थानीय तह एक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकेमा पर्यटन प्रवर्द्धन  हुन सक्ने बलियोसम्भावना देखिएको छ । प्राकृतिक धार्मिक कृषि तथा पर्यपर्यटनको माध्यमले सुदुरपश्चिमका सम्भावनालाई स्थापित र गन्तव्य बनाउन सकिने देखिएको छ । धेरै स्थानीय तहहरुमा पुर्वाधार पुगेको छैन भने पुर्वाधार पुगेका स्थानमा पनि दिर्घकालीन सोच सहित कार्यक्रम अगाडी बढाईएको छैन् । सुदुरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा विभिन्न किसिमका पर्यटकीय सम्भावनाहरु रहेका छन । प्राकृतिक धार्मिक तथा पर्यपर्याटनका धेरै सम्भावनालाई अगाडी लैजाँदा सानो तिनो बजेटले केही नहुने र कुनै क्षेत्र पनि पर्यटकीय गन्तव्य बन्न सक्ने अवस्था छैन् । तर अव एक स्थानीय तह एक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकेमा यसले स्थानीय तहको मात्रै नभएर प्रदेशकै कायापलट हुन धेरै समय लाग्ने छैन् । कैलालीको गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउँदले त्यसका लागि पहल भईरहेको बताए ।

प्रदेशका ९ जिल्लाका ८८ वटा स्थानीय स्तहमा धेरै फरक फरक किसिमका सम्भावनाहरु उजागर भईसकेका छन । कतिपयको त धेरै प्रचार प्रसार नै भईसकेको छ । तर त्यहाँसम्म पर्यटकहरु पुग्न सकेका छैनन् । पयर्टकहरुलाई त्यहाँसम्म पुराउनका लागि आवश्यक पुर्वाधारको व्यवस्थापन गरेर एउटालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिन्छ । डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर विपिन ओझाले अमरगढी किल्लालाई पहिलो प्राथमिताका राखेर प्रर्यटकीय क्षेत्रको विकासमा लागिरहेको बताए । नेपाल सरकारले नयाँ पर्यटकीय गन्तव्य र बन्न सक्ने गन्तव्यहरुको नामावली केही समय अगाडी सार्वजनिक गरेको थियो । तर त्यो हचुवा र पहुँचको भरमा भएका बेला कतिपय तत्कालै पर्यटकलाई भित्र्याउन सक्ने स्थानहरु भने छुटेका छन् । स्थानीय तहका जन प्रतिनिधिहरुले आफ्ना स्थानीय तहका पर्यटकीय क्षेत्रलाई त्यसमा राख्न हतारो गरे पनि त्यसको विकास गर्न त्यति चासो देखाएका छैनन् । कञ्चनपुरको वेतकोट नगरपािलका मेयर अशोक चन्द त्यसका लागि योजना बनाएर अगाडी बढिरहेको बताउँछन् । 

 

प्राकृतिक र धार्मिक हिसाबसँगै कृषि र पर्य पर्याटनको माध्यमले पनि सुदुरपश्चिममा पर्यटक भित्र्याउन सकिन्छ । कैलाली कञ्चनपुरका सहित सात पहाडी जिल्लाहरु पहाडी र हिमाली भुभागमा पर्दछन् । भौगोलिक वनोट, हावापानीका हिसावले ती ठाउँहरुको पहिचान गरेर एक स्थानीय तह एक उत्पादनलाई जोडेर पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । उदाहरणका लागि कैलालीको चुरेगाउँ पालिकालाई सुन्तलाको पकेट क्षेत्र, जोरायलाई ट्रोट माछाको क्षेत्र, डडेल्धुरालाई आलु क्षेत्र जस्तै विभिन्न किसिमले बनाएर कृषि र पर्यपर्याटनको हिसावले पनि सुदुरपश्चिमको पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको डोटीको जोरायल गाउपािलका प्रशासकीय अधिकृत समीर भण्डारीले बताए । 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस