नेपालको नयाँ जर्सी सार्वजनिक
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ(क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन्। उक्त जर्सी नेपालले ओमान भ्रमणमा लगाउने छ।
गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग टि२० त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुल्ला गर्ने निर्णय लिएका थिए। जस मध्ये आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको क्यानले जनाएको छ।