सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा चितुवा मृत अवस्थामा फेला

२०७८ भदौ ७, ०३:५१ खबर संवाददाता

बाजुराः बाजुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ को जगंलमा चितुवा मृत अवस्थामा फेला परेको हो।  

सोही गाउँपालिकाको पूर्व पट्टीको जंगलमा फेला परेको उक्त चितुवालाई डिभिजन वन कार्यलयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

चितुवालाई डिभिजन वन कार्यालय बाजुरा, जिल्ला प्रशासन कार्यालय बाजुरा र प्रहरीको रहोबरमा खाडलमा पुरिएको डिभिजन वन कार्यालयका प्रमुख कालिराम चौधरीले बताए। 
 

कमेन्ट लोड गर्नुस