एक महिनादेखि चिकित्सक विहीन कोल्टी
वाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र एक महिनादेखि चिकित्सक विहीन वनेको छ । दरबन्दीमा रहेका डाक्टर विजय कुमार शाह एमडी पढन् वीर अस्पतालमा र करारमा रहेका डाक्टर सत्य शाही पनि करार अवधि सकिएपछि चिकित्सक विहीन बनेको छ । डाक्टर विजय शाह असार १९ देखि स्वास्थ्य केन्द्रबाट काठमाडौ गएपछि फर्किएका छैनन् भने र करारमा रहेका शाही कार्तिक १० देखि २३ गतेसम्म घर बिदा र त्यसपछि उनको करार अवधि सकिएपछि चिकित्सक विहीन वनेको निमित्त प्रमुख तथा जनस्वास्थ्य निरिक्षक केशवराज गिरीले वताए ।
चिकित्सक नहुँदा बिरामीले सास्ती ब्यहोर्नु परिरहेको छ । दैनिक सरदर १ सय भन्दा बढी उपचारका लागि आउने बिरामी आउने गरेकोमा चिकित्सक नभएकै कारण नेपालगञ्ज, मार्तडी रेफर गर्नु परेको स्वास्थ्य केन्द्रले जनाएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सेवा दिदै आएको छ । यो क्षेत्रको नमुना स्वास्थ्य चौकीका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिरेर नेपालगञ्ज जानु परेको हुम्ला ताजाकोट गाँउपालिका अध्यक्ष बागदल मल्लले वताए । बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार जनसंख्यालाई यो स्वास्थ्य केन्द्रले सेवा दिदै आएको छ । एक महिनासम्म पनि चिकित्सक नहुँदा सरकार बेखबर रहेको नागरिक समाजका अगुवा जनेश भण्डारीले वताए ।
करारमा रहेका डा. सत्य शाहीको म्याद थपको लागि पहल भइरहेको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रुपचन्द्र विकले वताए । लोकसेवा पनि स्थायीका लागि लिष्ट पठाएको छ, चिकित्सक व्यवस्थापनाका लागि पहल भईरहेको वताए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र बुढिन्नदा नगरपालिका पर्ने गर्छ । स्थानीय तहले भने चिकित्सका लागि कुनै पहल नगरेको आरोप लगाएका छन् ।