सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढी

२०७८ भदौ ५, ०५:०३ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ। थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन्।

कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ।

थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९३।३ प्रतिशत रहेको छ। यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन्।

पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन्। हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। 


 

कमेन्ट लोड गर्नुस