सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य निर्देशनालयको निर्देशनको चिकित्सकद्धारा अवज्ञा

सरकारी डाक्टरको निजि क्लिनिक मोह  

२०७५ मंसिर १०, ०३:४९ जनक विष्ट

सुदूरपश्चिम प्रदेशको प्रदेश स्वास्थ्य निर्देशनालयले कार्यालय समयमा निजी क्लिनीमा काम नगर्न जारी गरेको निर्देशन कार्यान्वयन हुन सकेको छैन्। गत कार्तिक ३० गते प्रदेश स्वास्थ्य निर्देशनालयले उपक्षेत्रिय अस्पताल डडेल्धुरा, सेती र महाकाली अञ्चल अस्पताल, सबै जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई समेत कार्यालय समयमा नीजि क्लिनीकमा काम नगर्न जारी गरेको निर्देशन कार्यान्वयन नभएको हो।

प्रदेशमा रहेका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीले कार्यालय समयमा समेत नीजी क्लिनीकमा गएर काम गर्ने जनगुनासो बढेको भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले सरकारको नियम भित्र रहेर काम गर्न भनेको थियो। तरपनि सरकारी अस्पतालका डाक्टरहरुले कार्यालय समयमा निजि क्लिनीकमा काम गर्न नछोडेका हुन्। डडेल्धुराबाट उपचारका लागि सेती अञ्चल अस्पताल आएका धन बहादुर बोहोराले कार्यालय समयमा डाक्टरहरुले निजी क्लिनीकमा काम गर्न नछोडेपछि समस्या भएको बताए। उनले सरकारले सूचना जारी गरेर झारो टार्ने काम गरेको आरोप लगाए।

सरकारले कार्यालय समयमा निजी क्लिनीकमा काम गर्ने चिकित्सकलाई कारवाही गरे मात्र उनीहरुको निजी क्लिनीक मोह अन्त्य हुने बोहोराको भनाई छ।    सरकारी अस्पतालहरुको आन्तरिक व्यवस्थापन समेत अस्तव्यस्त रहेका बेला कार्यालय समयमा डाक्टरहरु निजी क्लिनीकमा काम गर्दै आएका कारण विरामीहरुलाई थप समस्या हुने गरेको छ। प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेका सेती अञ्चल अस्पतालमा सबैभन्दा बढि विरामी चाप हुने गरेको छ। तर सबैभन्दा बढि सेती अञ्चल अस्पतालमा काम गर्ने चिकित्सक कार्यालयमा समयमा निजी क्लिनीकमा व्यस्त हुने गरेका छन्।

तर हाल सम्म निजी क्लिनीकमा काम गर्ने कुनैपनि चिकित्सकलाई कारवाहीको दायरामा ल्याइएको छैन्। आमाको उपचारका लागि कञ्चनपुरको झलारीबाट आएका बालकृष्ण भट्टले अस्पतालको हविगत पूरानै रहेको बताए। उनले निजी क्लिनीकमा काम गर्ने चिकित्सकलाई सरकार अस्पतालमा काम गर्न बाध्य पार्न सरकार सक्रिय हुनुपर्ने सुझाव दिए। तर सेती अञ्चल अस्पताल प्रशासन भने आफ्ना चिकित्सकले कार्यालय समयमा बाहिर निजी क्लिनीकमा काम गर्दै आएको कुरालाई स्वीकार गर्न तयार छैन। अस्पतालले पछिल्लो समय कडाई गरिएका कारण बाहिर क्लिनीकमा काम नगर्ने गरेको दावी गरेको छ।

तर नयाँ खुलेका सुविधा सम्पन्न अस्पतालहरुमा सेती अञ्चल अस्पतालकै डाक्टरहरुको हालीमुहाली हुने गरेको छ। सेती अञ्चल अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले सामाजिक विकास मन्त्रालयले समेत निजी क्लिनीकमा काम नगर्न निर्देशन जारी गरेकाले उक्त निर्देशन पालन भएको जनाए। सेती अञ्चल अस्पताल, महाकाली अञ्चल अस्पताल उप क्षेत्रीय अस्पताल र अन्य स्वास्थ्य चौकीमा कार्यरत चिकित्सकले कार्यालय समयमा निजी क्लिनीकमा काम गर्ने मात्र होईन अधिकासं नीजि क्लिनीक र अस्पतालमा समेत लगानी गरेका कारण उनीहरुले नाम तोक्दै विरामीलाई आफ्नो क्लिनीकमा पठाउने गरेका छन्।

तर सुदूरपश्चिम प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक गुणराज अवस्थीले कुनै डाक्टरले कार्यालय समयमा निजी क्लिनीकमा काम गरेको भेटिए त्यसपछि आउने स्थितीको सामना स्वंयम व्यक्तिले नै गर्नुपर्ने  चेतावनी दिए। सर्वसाधारणले निजी क्लिनीकमा काम गर्ने चिकित्सकमाथि निगरानी बढाउनुपर्ने आवश्यकता रहेको बताएका बेला स्वास्थ्य निर्देशनालयले भने निर्देशनात्मक पत्रमा नियमित र आकस्मीक अनुगमन गरिने पुर्व जानकारी दिदै उनीहरुलाई थप बल पुगाउने काम गरेको छ। 
 
      
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस