सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंंसीर २२ गतेदेखि हुने सुदुरपश्चिम महोत्सव अन्यौलमा

२०७५ मंसिर १०, ०३:४६

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक बर्ष मंसीर २२ गतेदेखि पुस २ गतेसम्म हुँदै आएको सुदुरपश्चिम महोत्सवम यसपाली अन्यौलमा परेको छ । नक्कली सदस्याको विवादले आठ महिनादेखि चुनावी साधारण सभा हुन नसकेका कारण यसपालीको महोत्सव अन्यौलनमा परेको हो । सदस्यता विवाद समाधानका लागि अहिले काम अगाडी वढिरहेका वेला मंसीरको महोत्सव अव पुसमा हुने भएको छ । संघले आज धनगढमिा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । सदस्याको छानविनपछि संघको साधारण सभा हुने र त्यसपछि मात्रै महोत्सव हुने संघका म्याद सकिएका अध्यक्षा शंकर बोगटीले बताए । उनले वस्तुगत समिति, पूर्व अध्यक्ष र सल्लाहकार तथा राजनीतिक दलहरुसंँगको छलफलपछि पहिले निर्वाचन गर्ने निर्णयमा पुगेको बताए । 

मंसिर २२ गतेभित्र निर्वाचन गरिसक्ने तयारीमा जुटेकोले त्यसपछि नयाँ कार्य समितीले पुस पहिलो साता सुदुरपश्चिम महोत्सवको आयोजना हुने संघले जनाएको छ । गत बैशाख २२ गते निर्वाचन घोषणा गरेको संघमा नक्कली सदस्यता भएको भन्दै उच्च अदालत दिपायलमा रिट परेपछि  साधारण सभा रोकिएको थियो । यता केही व्यवसायीले केही दिन अगाडी पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजना हुनुपर्ने माग गरेका थिए । उनीहरुले सुदुरपश्चिमको संस्कृति पर्यटनसँग जोडिएको महोत्सव आयोजना हुनपर्ने माग गरेका थिए । व्यवसायी डिल्लीराजअवस्थीले सुदुरपश्चिम महोत्सव कुनै पनि हालतमा रोकिन नहुने बताए । 
 

कमेन्ट लोड गर्नुस