बझाङमा पहिरोले थुनिएको नदी बग्न थाल्यो
धनगढीः बझाङमा पहिरोले थुनिएको नदी खुलाईएको छ। अहिले नदी खुलाईएपछि बग्न थालेको छ। बुङ्गल नगरपालिका ७ स्थित सानिगाड नदी पहिरोले थुनिएको थियो। लगातारको वर्षातका कारण पहिरो खस्दा नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको थियो।
पहिरो माथिबाट पानी बग्न थालेपछि हाललाई जोखिम केही कम भएको बताउदै जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले सानिगाड र कालङ्गा नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।