सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बाहुली खोला उर्लियो, पुल र आसपासका घर जोखिममा

२०७८ भदौ ४, ०२:५६ खबर संवाददाता

बझाङ: बझाङका विभिन्न स्थानमा हिजो (बिहिबार)को अविरल वर्षापछि बाढी र पहिरोको जोखिम बढेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका अन्तरगत बाहुली खोलामा बाढी आएपछि आसपासका घरहरु जोखिममा परेका छन्। खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिका ८ र सेलाखेत १० दमधुर जोड्ने झोलुङ्गे पुलसमेत बगाउनै आटेको छ।

बझाङमा बर्सातका कारण बाढी र पहिरोको जोखिम रहेुको प्रहरीले जनाएको छ। यस्तै सर्तकता अपनाउन समेत आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस