सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार पनेरुद्धारा छात्रबृत्ति बितरण

२०७५ मंसिर ९, ०७:१२ खबर संवाददाता

डडेल्धुराका पत्रकार बरुण पनेरुले आफ्ना बुबाको सम्झनामा दुई जना बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरेका छन्। स्वर्गीय बुवाको सम्झनामा सिद्धनाथ माध्यमिक बिद्यालय चन्दनीका दुई जना गरिब जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरिएको हो। कान्तिपुर टेलिभिजमा कार्यरत पत्रकार पनेरुले बुबाको सम्झनामा हरेक बर्ष मंसिर ९ गतेका दिन बिशेष समारोहका बिच छात्रबृत्ति बितरण गर्दै आउका छन्। यस बर्ष सिद्धनाथ माबि चन्दनीमा अध्ययनरत पुजा भट्ट र डम्बर भण्डारीलाई छात्रबृत्ति बितरण गरिएको छ भने स्थानीय अर्जुनसिंह बोहरा र आईते धामीलाई शिक्षा सेवी सम्मानबाट सम्मान गरिएको छ। यसै गरी सिद्धनाथ माध्यमिक बिद्यालय चन्दनीका प्राधानाध्यापक गौरीदत्त भट्टराईलाई दिर्घसेवा शिक्षा सम्मानबाट सम्मान गरिएको पनेरुले बताए।   


१० बर्षमा  २० जना बालबालिकाहरुलाई छात्रबृत्ति बितरण गरिएको छ। पत्रकार पनेरुका बुवा कृष्णदत्त पनेरुको सोही बिद्यालयमा लामो समय अध्यापन गराई बिद्यालयको कामकाजको शिलशिलामा डडेल्धुरा आउँदा गोगनपानीमा २०५३ मंसिर ९ गते बस दुर्घटनामा मृत्यु भएको थियो। बिगत १० बर्ष देखि पत्रकार पनेरुले गरिवीका कारण अध्ययन गर्न समस्या भएका दुई जना छात्र छात्रालाई एक बर्षको पढाईको लागि छात्रबृत्ति दिने गरेको हुन्। 
शिक्षा क्षेत्रमा काम गर्न उनले स्वर्गीय कृष्णदत्त पनेरु अध्यायन प्रतिष्ठान दर्ता गरी बिगत पाँच बर्ष देखि शिक्षा क्षेत्रका उल्लेख काम गर्ने दुई जना अभिभाकलाई पनि सम्मान गर्ने गरेको छन्। शिक्षक पेशामा रही जनसेवी काम गर्ने एक जना शिक्षकलाई पनि सम्मान गर्दै आईरहेका हुन्। पत्रकार  पनेरुले छात्रबृत्ति बितरण गर्न २ लाखको अक्षयकोष समेत स्थापना गरेका छन्। ‘अक्षयकोषबाट अगामी दिनमा बिभिन्न बिद्यालयमा चित्रकला प्रदर्शनी, पुस्तक बितरण र पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेको छ।’ पत्रकार पनेरुले भने, ‘अगामी दिनमा अन्य बिद्यालयकहरुमा पनि छात्रबृत्ति र पुस्तकालय निर्माणका लागि काम शुरु गरिने छ।’
कमेन्ट लोड गर्नुस