बैतडीमा अक्सिजन बैंक स्थापना
बैतडीः बैतडीमा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकार र दाताहरूको सहयोग संकलनबाट अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना भएको हो।
बुधवार कोभिड १९ रोकथामका लागि पूर्व तयारी गर्न बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। बैंकमा ३३ वटा अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ। अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ।