सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुधबार कोभिडले ४२ जनाको मृत्यु, ३४ सय संक्रमित थपिए

२०७८ भदौ २, ०४:५० खबर संवाददाता

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ३४०३ जना कोभिड संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ८३८ कूल नमुना ९११ हजार ८३९ पीसीआर र ४९९९ एन्टीजेन० परिक्षण गर्दा ती संक्रमित थपिएका हुन्।

बुधबार कोभिडको कारण ४२ जनाको मृत्यु भएको छ। २१०४ जना डिस्चार्ज भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा ९९३ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा मुलुकको सक्रिय संक्रमित संख्यामा वृद्धि भएर ४० हजार ३८३ पुगेको छ। मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले २१ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी रहेको बताए । उनका अनुसार बुधबार संक्रमण दर २२ प्रतिशत छ।

कमेन्ट लोड गर्नुस