अछाममा रुखबाट खसेर एक पुरुषको मृत्यु
२०७८ भदौ २, ०५:५०
धनगढी: अछाममा रुखबाट खसेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका -५ मैठामाडुका ६५ वर्षीय जोगि बटालाको रुखको घाँस काट्ने क्रममा खसेर मृत्यु भएको हो।
स्थानीय जोशिला साउँदका अनुसार सोही वडास्थित सालिमकोट भन्ने ठाउँमा घाँस काट्न गएका उनको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको हो।
कमेन्ट लोड गर्नुस