निर्मलाका बुवालाई बेहाेस बनाएर काठमाडौँ लगियो
२०७५ मंसिर ८, १०:४६
कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिदै गएपछि उपचारका लागि बेहाेस बनाएर काठमाडौँ लगिएको छ। धनगढी विमानस्थल पु¥यइएका पन्तले एक्कासी रुने, हास्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुडा गर्न थालेपछि विमानमा काठमाडौँ लैजाने नसकिएपछि सेती अञ्चल अस्पताल ल्याईएको थियो। उनलाई सेती अञ्चल अस्पतालबाट निजि गाडीमा काठमाण्डौ लगिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको समवन्यमा प्रहरी साहायक निरिक्षक दिपक धामीको नेत्रित्वमा ३ जनाको प्रहरी टोली पनि यज्ञराजसंग पठाईएको छ। सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि यज्ञराजसंगै स्वास्थ्य कर्मी सुनिल वि.क पनि काठमाडौँ गएका छन।
कमेन्ट लोड गर्नुस