अछाममा एक किशोरी मृत फेला
२०७८ भदौ १, ०१:५३
धनगढी : अछाममा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ हुडेतोलाकी १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाँस काट्न गएकी लक्ष्मी मृत फेला परेकी थिइन्।
कमेन्ट लोड गर्नुस