सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा यसरी हट्दैछ पेट्रोलियम पदार्थ अभाव

२०७८ साउन ३२, १२:५५ खबर संवाददाता

हरिश चन्द, डडेल्धुराः डडेल्धुरामा विगत केहि वर्षदेखि भईरहको पेट्रोलियम पदार्थ अभावको समस्याबाट सेवाग्राहीलाई सहज हुने भएको छ। सुदूरपश्चिमको पहाडी जिल्लाको मुख्यविन्दुको सहरका रुपमा रहेको डडेल्धुराकै बीरवेताल आयल स्टोरमा १० हजार लिटर पेट्रोलियम पदार्थ क्षमता थपेपछि आपूर्ति सहज हुने भएको हो।

पेट्रोलियम पदार्थको आपूर्ति हुँदा पेट्रोल पम्पमा तेल भर्न मोटरसाइकल र सवारीसाधनको लामो लाइन लाग्ने गरेकोमा अब तेल भर्न लाइन लाग्ने कार्यमा क्रमिकरूपमा सुधार हुँदै गएको देखिन्छ। सुदूरपश्चिमको सात पहाडी जिल्लाको केन्द्रविन्दुमा रहेकोले डडेल्धुरा तथा अन्य बाहिरी जिल्लाका गाडीहरुले पेट्रोलियम पदार्थको प्रयोग गर्ने भएकाले समस्या हुदै आएको थियो।

हाल पेट्रोल पम्पमा क्षमता थप गरिएकाले आपूर्ति सहज भएको बीरबेतालका प्रबन्धक राजेन्द्रबहादुर ऐरले बताए। उनले भने, 'डडेल्धुरामा जम्मा दुईवटा  पेट्रोलियम पम्प रहेका छन। एउटा पेट्रोल पम्पमा तिन हजार लिटरमात्र आउथ्यो। अहिले थप गरेर १६ हजार लिटर क्षमताको बनाईएको छ। यसले गर्दा सहज भएको छ।'

पेट्रालियम पदार्थको अभाब सृजना गराई कालोबाजारि नगरे  पेट्रालको कहिल्यै अभाव नहुने यहाँका स्थानीयको भनाई छ।
 

कमेन्ट लोड गर्नुस