कानुन शासन गर्ने माध्यम होईन : पूर्व प्रधानन्यायधिश श्रेष्ठ
पूर्व प्रधान न्यायधिश कल्याण श्रेष्ठले कानुन शासन गर्ने माध्यम नभएको बताएका छन्। धेरैले कानुनलाई जोड्ने घटाउने र तह लगाउने पद्धतीका रुपमा देखेपनि कानुन त्यो नभएको प्रधानन्यायधिश श्रेष्ठले बताए।
सर्वोच्च अदालत बार एसोसिएनले शनिबार धनगढीमा आयोजना गरेको कानुन र विकास सम्बन्धी प्रदेश स्तरीय अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले विकास, संस्कृति, मौलिकता, अर्थतन्त्र र स्वयंम व्यक्ति कस्ता छन भन्ने कुराले कानुनलाई निर्धारण गर्ने उल्लेख गरे।
कानुनलाई विकासको तगारोको रुपमा लिने गरिएको जनाउदै श्रेष्ठले कानुन विकास विरोधी र विकास कानुनी विरोधी हुन नसक्ने बताए। कानुन र विकासलाई एकअर्काका परिपूरकका रुपमा हेरिनुपर्ने मत प्रधानन्यायधिश श्रेष्ठको छ।