बैतडीमा सवारी कारबाहीबाट २५ लाख राजस्व सङ्कलन
२०७८ साउन ३१, ०३:३५
बैतडी : बैतडीमा जिल्लामा गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन कारबाहीबाट रु २५ लाख बढी राजस्व सङ्कलन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र रावलका अनुसार चार हजार ३४३ सवारीसाधन कारबाहीबाट रु २५ लाख २५ हजार राजस्व सङ्कलन भएको हो।
गत आर्थिक वर्षमा ८६६ ट्रक, दुई हजार १२१ जिप, कार र भ्यान, ३७४ ट्रयाक्टर, ८३८ मोटरसाइकल, ३० टेम्पो तथा अन्य सवारीसाधन कारवाहीमा परेका हुन्।
कमेन्ट लोड गर्नुस