सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक सुनवाई सम्पन्न

२०७५ मंसिर ८, ०२:१५ खबर संवाददाता

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको सिर्जनशिल महिला कृषक समूहको पहिलो सार्वजनिक सुनवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ। साना तथा मझौला कृषक आयस्तर वृद्धि उप आयोजनाको पुरक अनुदान सहयोगमा सञ्चालीत सिर्जनशिल आलु उत्पादन उप आयोजनाको सार्वजनकि सुनुवाइ कार्यक्रम वडा नम्बर १३ मा सम्पन्न भएको हो।

महिला कृषक समूहकी अध्यक्ष उर्मिला महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी रहेका थिए। कार्यक्रममा तेज बहादुर रावतले मनतव्य राखेका थिए भने संस्थाका कोषाध्यक्ष शान्ती चौधरीले आलु उप आयोजनाको आयव्यय विवरण प्रस्तुत गरेकी थिइन 
 

कमेन्ट लोड गर्नुस