दार्चुलाका हिमालमा स्याउ पाक्न थाले
२०७८ साउन ३१, ०१:५१
दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकामा स्याउ पाक्न थालेको छ। गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको स्याउ पाक्न थालेको किसानहरुले जानकारी दिए।
गत वर्ष लगाइएको इटाली गाला र फुजी जातको स्याउ फल्न थालेको हो। अपि हिमालको स्याउ अगामी भदौको दोस्रो हप्ताबाट टिप्न सुरु गरिने बताइएको छ।
कमेन्ट लोड गर्नुस