सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सामग्री

२०७८ साउन ३०, १०:४२

डोटी: उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चले जिल्ला अस्पताललाई चार लाख ९१ हजार ५१६ को स्वास्थ्य सामग्री प्रदान गरेको छ।

संस्थाका अध्यक्ष बिष्ना सिंहले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

अस्पताललाई उपलब्ध गराइएका स्वास्थ्य सामग्रीमा आठ थान अक्सिजन सिलिण्डर र रेगुलेटर, १५ थान अक्सिमिटर, १०० थान पीपीइ सेटलगायत रहेका छन्। 

आर्थिक पुनरुत्थान परियोजनाअन्तर्गत उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको मञ्चका कार्यक्रम संयोजक भक्तराज उपाध्यायले जानकारी दिए। प्राप्त स्वास्थ्य सामग्रीको सही सदुपयोग हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले विश्वास दिलाए। 
 

कमेन्ट लोड गर्नुस