सुदूर नेपाललाई विश्वसँग जोड्दै

गहुँको उत्पादनमा वृद्धि गर्न उपयुक्त बिउ पहिचान आवश्यक

२०७५ मंसिर ८, १०:५३ कमल सावद

किसानलाई यतिबेला गहुँ छर्ने चटारो छ। सिंचाई, मल र  बिउको अभावका बिच किसान गहुँ छरिरहेका हुन। ढिलो पाक्ने बिउ भएमा अहिले नै छर्नुपर्ने हुन्छ भने चाँडो पाक्ने बिउ भए केही दिन पर्खन विज्ञहरुले सुझाव दिएका छन्। उनीहरुले धेरै पानी गहुँका लागि उपयुक्त नहुने भएकाले पानी जम्ने गरी सिचाई नगर्न र बिउको समेत पहिचान गरेर मात्र गहुँ खेती गर्न सुझाव दिएका छन्। 

गहु खेती सुदूरपश्चिमका किसानले परापुर्वक कालदेखि गर्दै आएका छन्। किसानहरुमा प्राविधिक ज्ञानको कमीले उत्पादनमा सोचे अनुसारले वृद्धि गर्न सकिएको छैन्। उत्पादन बढी पाउनका लागि कैलाली, कञ्चनपुरमा तातो हावा–पानी सहन सक्ने बिउ लगाउन आवश्यक छ। कैलाली–कञ्चनपुरका लागि विएल ४३४१, बाडगंगा, विजय आदि गहँुका बीउ उपयुक्त रहेका गहुँ विज्ञ मदन भट्ट बताउँछन् । 

गहुँको उत्पादनमा बृद्धिका लागि बिउ प्रमुख बिषय हो। माटो सुहाउँदो बिउ छनौट गर्नुपर्छ भने बिउ कति समयमा पाक्छ त्यस्को बारेमा समेत किसानले जानकारी लिन आवश्यक हुन्छ। किसानहरुलाई बिउको छनौट, बिउको मुल्याङकन, बिउको उत्पादन क्षमताका बिषयमा समेत जानकारी हुंदैन। यो समय जमीन खनजोत गर्ने तथा मल र बिउको जोहो गर्ने समय पनि हो। तराई बाहेक अन्य क्षेत्रमा धौलागिरी, डाँफे, मुनाल, च्याखुरा, लोर्मा–५२, आर÷आर–२१ अन्नपूर्ण एक, तीन र चार, कान्ति, पासाङल्हामु, डब्लुके १२०४ जातका बिउबाट गहुँखेती गर्न सकिन्छ। बिउ छरेदेखि उत्पादन लिने समयसम्म गहुँमा तीन पटक सिँचाई र आवश्यकता अनुुसार प्राङ्गारिक, डिएपी र नाईट्रोजन मल आवश्यक पर्छ । 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस